काठमाडौं । निर्वाचन आयोगले कातिक १७ गतेबाट निर्वाचन प्रचारप्रसार समय दिएपछि उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यको उम्मेदवार महामन्त्री गगन कुमार थापाले पनि आजबाट घरदैलो अभियान सुरु गरेका छन ।
काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदार थापाले शुक्रबार बिहान चाबहिलस्थित गणेश मन्दिरबाट घरदैलो सुरु गरेका थिए । काठमाडौं वडा ७ अन्तर्गत पर्ने गणेश मन्दिरको दर्शन गरी थापाले घरदैलो अभियान सुरु गरेको हो ।
यस क्षेत्रमा दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवार चुनावी मैदानमा छन । थापको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराई छन ।



तस्वीरहरुः गगनथापको फेसबुक पेजबाट
Categorized in राष्ट्रिय