काठमाडौं । समाजिक संस्था युवा नेत्र सेवाले कीर्तिपुरमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गर्ने भएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले कातिक १९ गते शनिवार कीर्तिपुरको नगरमण्डप श्रीकीर्तिविहिारमा हुने जानकारी दिए ।
विहान १० बजेबाट सुरु हुने सो सिशिवरमा सहभागी हुने मोतिविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गर्ने बताए । उनले यस संस्थाले विगत २५ बर्षदेखि निरन्तर देशभरका विभन्न स्थानमा गरिब, असाहयलाई लक्षित गरी यस किसिमको शिविर संचालन गरिरहेको बताए ।
संस्थाको २६ औं निःशुल्क मोतिबिन्दु शाल्यक्रिया समापन समारोह जापानी राजदूतवासका प्रतिनिधि डा. नाओको शिगाबाट हुने अध्यक्ष रञ्जितले जानकारी दिए ।
Categorized in समाज