१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको भाउ आईतवार एकैदिन एक हजारले घट्यो


प्रकाशित: आईतवार, १३ कातिक २०७९, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । सुनको भाउ आईतवार एक हजार रुपैयाँ घटेको छ । 


तिहारको बिदापछि खुलेको आजको दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 


चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex