काठमाडौं । बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतका प्रवक्ता प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो ।
अदालतले उनको बयान लिएको थियो । यस्तै थुनछेक बहसपछि अदालतले उनलाई छाड्न भनेको हो ।
नेवाः समुदायको परम्परमा, भेषभुषा, संस्कृतीमा माथि गरेको अपमानजक कमेडीको कारण भदौ १२ गते सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
यस अघि उनलाई कोरोना भएपछि प्रहरीले भदौ २३ गते हाजिर जमानीमा छाडेको थियो ।
उनी केही दिन अघि फेरि प्रहरीमा हाजिर हुन गएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई कार्वाही अघि बढाएको हो ।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद(१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो ।
Categorized in समाज