६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता अरु जिल्लामा कति ? (विस्तृत)


प्रकाशित: सोमवार, ३१ असोज २०७९, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्लामा कुुल मतदाता ६ लाख ५२ हजार १२६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।


आयोगका अनुसार पुरुष ३ लाख १५ हजार २५४ र महिला ३ लाख ३६ हजार ८६४ रहेका छन । 


१० प्रतिनिधि सभा निर्वाचन र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको निर्वाचन काठमाडौं जिल्लामा मतदान स्थल ३२० र मतदान केन्द्र संख्या ७६७ रहेका छन ।

 
आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।  यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन ।


यीमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।


देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन । 


पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, वाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् ।


विस्तृत सुचि 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex