काठमाडौं । सरकारले संस्कृतविद तथा शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन भोली (मंगलबार) देशभरि सार्वजनिक बिदाको घोषणा गरेका छन ।
आइतबार निधन भएका जोशीको शोक मनाउन गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
साथै भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।
१०३ वर्षीय जोशीको किष्ट अस्पतालमा उपचारको क्रममा आईतवार बिहान ७ बजेर ९ मिने निधन भएको थियो ।
Categorized in राष्ट्रिय