काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।
आयोगले उम्मेद्वारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक नगर्न भनेको छ ।
एक जारी विज्ञप्तीमा ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ उल्लेख गरिएको छ ।
आचारसंहिताकाव्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने आयोगले चेतावनी समेत दिएको छ ।
यस किसिमको सर्वेक्षणले अरु मतदाता प्रभावित हुने र निष्पक्ष रुपमा निर्वाचन गर्न बाधा हुने भन्दै निर्वाचन आयोगले मत सर्वेक्षणलाई बन्देज लगाउँदै आएको छ ।
Categorized in राष्ट्रिय