काठमाठौं । आगामी निर्वाचनमा सहभागी उम्मेदवारको पक्ष/विपक्षमा प्रचार प्रसारमा हिड्ने स्थानीय पालिका पदाधिकारी तथा सदस्यहरुलाई कार्वाही हुने भएको छ ।
निर्वाचन आयोगले बुधवार एक विज्ञप्ती जारी सो बताउँदै आफूले जितेको पालिका भित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।
आयोगले भनेको छ,‘ निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिका सदस्यहरुले निर्वाचन आचारसंहिता विपरित आफ्नो पालिकाभित्रका उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारी आएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Categorized in राष्ट्रिय