काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंको क्षेत्र नं. १० बाहेक अरुको उम्मेदवार टुुंगो लगाएको छ ।
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिनिधसभा र प्रदेशसभाको लागि उम्मेदवार टंगो लगाएको हो ।
काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार किरण पौडेल नाम चयन गरेको छ भने प्रदेशसभा (क) मा आत्मराम शर्मा (ख) मा गणेश दुलाल छन ।
काठमाडौं २ बाट प्रतिनिधिसभामा मणिराम फुयाँल, प्रदेश सभा (क) मा सानु श्रेष्ठ (ख) मा सुवर्ण श्रेष्ठ को नाम टंगो लगाएको छ ।
काठमाडौं ३ बाट प्रतिनिधिसभामा कृष्ण राई, प्रदेश सभा (क) मा रामेश्वर फुयाल, (ख) मा चन्द्रमान लामा, काठमाडौं ४ बाट प्रतिनिधिसभामा राजन भट्टराइर्, प्रदेश सभा (क) मा तेज ढकाल, (ख) मा जयराम थापाको नाम चयन गरिएको छ ।
त्यसैगरी, काठमाडौं ५ बाट प्रतिनिधिसभामा ईश्वर पोखरेल, प्रदेश सभा (क) मा दिपक निरौला, (ख) मा नारायण सिलवाल टंगो लगाएको हो ।
काठमाडौं ६ बाट प्रतिनिधिसभामा सर्वेन्द्र खनाल, प्रदेश सभा (क) मा अमन मास्के, (ख) मा निरेशलाल सिंह नाम चयन गरिएको छ ।
काठमाडौं ७ बाट प्रतिनिधिसभामा जसपाm प्रदेश सभा (क) मा जीवन मानन्धर, (ख) मा श्याम घिमिरे छन ।
काठमाडौं ८ बाट प्रतिनिधिसभामा अष्टलक्ष्मी शाक्य, प्रदेश सभा (क) मा राजेश शाक्य, (ख) मा नाम्गेल लामा छन ।
काठमाडौं ९ बाट प्रतिनिधिसभामा कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा (क) मा हरिकृष्ण डंगोल, (ख) माकेशव पोखरेलको नाम टंगो लगाएका हुन ।
काठमाडौं १० को प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’को सम्भावना
त्यसैगरी ललितपुर १ बाट प्रतिनिधिसभामा नवराज सिलवाल, प्रदेश सभा (क) मा मधुसुदन पौडेल, (ख) मा चेतनाथ सन्जेलको नाम तय गरिएको छ ।
ललितपुर २ बाट प्रतिनिधिसभामा प्रेम महर्जन, प्रदेश सभा (क) मा रामेश्वर श्रेष्ठ, (ख) मा ज्ञानेन्द्र शाक्य नाम टंगो लागेको छ ।
ललितपुर ३ बाट प्रतिनिधिसभामा अमृत खड्का, प्रदेशसभा (क) मा प्रेमभक्त महर्जन, (ख)मा रघुनाथ महर्जन
भक्तपुर १ बाट प्रतिनिधिसभामा नवराज गेलाल, प्रदेशसभा (क) मा मोहन श्रेष्ठ (ख) मा खाली
भक्तपुर २ बाट प्रतिनिधिसभामा महेश बस्नेत, प्रदेश सभा (क) मा किरण थापा, (ख) मा नन्दनकृष्ण प्रधानको नाम चयन गरिएको छ ।
Categorized in राष्ट्रिय