काठमाडौं । काठमाडौं महानगरले जय नेपाल हलको आँगन उत्खनन गर्दा टुकुुचा खोला भेटिएको छ ।
विहिवार महानगरले टुकुुचा अतिक्रमण गरेर बनाएको भवन परिसरको आगन उत्खनन गर्दा टुुकुचा खोला फेला परेको हो ।
टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो । इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ ।
महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाईने भएको छ ।
महानगरले करिडोरको लागि ६ अर्ब बजेट छुट्टाएको शाहले बताए । काम पाँच वर्षभित्र पूरा हुने उनले बताए ।
Categorized in स्थानिय