१२ भाद्र २०८३, शुक्रबार
Header

नीलकण्ठ उप्रेती भारतको लागि राजदूत सिफारिस


प्रकाशित: सोमबार, २०७५, १८ः१६ बजे
- महानगरखबर

काठमाडौं । नेपाल सरकारले भारतका लागि निर्वाचन आयोगका पूर्वप्रमुख निलकण्ठ उप्रेतीलाई राजदूत सिफारिस गरेको छ ।

 
सोमबार बसेको मन्त्रीपरिषद बैठकले उप्रेतीसँगै पूर्वराजदूत उदयराज पाण्डेलाई पनि मेलेसियाको लागि राजदूतमा सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । 


नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ । 


त्यसैगरी प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्ने जिम्मेबारी पाएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex