५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भारतको उत्तरप्रदेशस्थित बनारसमा १ सय ५० नेपाली महिला बन्धक


प्रकाशित: सोमबार, ३२ असार २०७५, १७ः५८ बजे
- महानगरखबर

काठमाडौं । दलालहरुको चंगुलमा परि तेश्रो मुलुकको लागि अबैध बाटौबाट लग्न खोजिएका बर्दिया जिल्लाको १ सय ५० नेपाली महिलालाई भारत उत्तरप्रदेश राज्यको वनारसमा बन्धक बनाईएको छ ।

 
बर्दिया जिल्ला मधुवन नगरपालिकाको एक बन्धक महिलाले आफ्ना श्रीमानलाई उद्धारको लागि फोन गरेको जानकारी स्थानीय प्रहरीलाई दिएपछि सो घट्ना सार्वजनिक भएको छ ।

 
बनारासको अज्ञात स्थानमा उनीहरुलाई बन्धक बनाएको बर्दियका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

 
प्रहरीले उनीहरुको उद्दारका लागि माइती नेपाल लगायतका संस्थासँग समन्वय गरिएको जानकारी दिएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex