१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मन्त्री श्रेष्ठको आग्रहपछि छुटे सुरक्षा गार्ड


प्रकाशित: सोमवार, २० भाद्र २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई रिहाई गरिएको छ ।


जिल्ला प्रशासन कार्यलय काठमाडौले गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनपिछ सुरक्षा गार्ड शेरजंग गुरुङलाइ थुनामुक्त गरिएको हो । 


गत शुक्रवार मन्त्रीलाई दुव्र्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति जारी गरी निज सुरक्ष गार्डले गल्ती महसुश गरेकोले मन्त्री श्रेष्ठलेनै छाडिदिन गृहमन्त्रालायलाई आग्रह गरेको जनाएको थियो । 

 


क्यानडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुव्र्यवहार गरेको दाबी गरेका छन ।


सो घट्ना बाहिर आएपछि यसको चर्को विरोध पनि सुरु भएको थियो । नियम कानुन सबैको लागि बराबर हुने भएकोले मन्त्रीले पनि लाईनमै बसेर सेवा लिनु पर्ने भन्दै मन्त्री श्रेष्ठको विरोध भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex