काठमाडौं । बालाजु–गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
आज (सोमबार) महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएपछि सर्वसाधरणको ठुलो उपस्थिती रहेको थियो ।
महानगरले म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो । महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचनामाथि डोजर चलाएको हो ।
हिजो महानगरले कोटेश्वर क्षेत्रमा अनाधिकृत संरचनाहरुमा डोजर चलाएको थियो ।
पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्टिमेटम दिने र अटेर गरे सो संरचनाहरुमा डोजर चलाउने गरेको छ ।
Categorized in स्थानिय