काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गराउन गायक योगेश्वर अमात्यले नेवाः अभियान्ताहरुसँग आग्रह गरेका छन ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग सो आग्रह गरेका हुन ।
अमात्यले फेसबुकमा लेखेका छन,‘हाम्रो नेवाः संघ–संगठन पनि गज्जबको लाग्छ । चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के–के नै गरेको जस्तो। अपूर्वलाई तुरून्त छोड्न लगाऊ ।’
कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडी नेवाः समुदाय, संस्कृति, खानपिन, चेलीवेटीको बारे अभद्र र अपमानजनक ढंगबाट प्रस्तुुती दिएका थिए ।
कमेडिको नाममा नेवाः समुदायलाई मजाक बनाएको भन्दै चर्को विरोध भएपछि अपूर्वलेले प्रहरी समक्ष आत्मसर्मण गरेका थिए ।
अदालतले अपूर्वलाई अनुसन्धानको लागि १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
Categorized in समाज