१२ भाद्र २०८३, शुक्रबार
Header

टोल–टोलमा प्रहरी अभियान– २०७५ सुरु


काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरको आयोजनामा टोल टोलमा प्रहरी अभियान–२०७५ सुरू भएको छ ।

 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले शनिवार आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको उदघाटन गर्नुभयो ।


बानेश्वरदेखि तीनकुनेसम्म प्रभातफेरी आयोजना गरी तिनकुनेमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक नेउपानेले भयरहित र  शान्तिपूर्ण समाज निर्माण गर्न अभियान सुरू गरिएको बताउनुभयो । समुदाय र प्रहरीबीच बलियो साझेदारी बनाउँदै  समुदाय र प्रहरीबीचको दुरी कम गर्ने अभियानको लक्ष्य रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा प्रदेश नम्बर ३ क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य गणेश दुलाल, प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, प्रदेशसभा सदस्य राजीन गुरूङ, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूले आ(आफ्नो मन्तव्य राख्नुभएको थियो ।


सो अवसरमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा जवानहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यार्थी, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex