५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख बालेन्द्रविरुद्ध अपहेलनको मुद्दा दर्ता


प्रकाशित: सोमवार, १३ भाद्र २०७९, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।


सर्वोच्च अदालतमा अधिवक्ता दिपकराज जोशीले अदालतमा अवहेलना मुद्दा दर्ता गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । 


नर्भिक अस्पतालको अबैध संरचना नहटाउन सर्वोच्चले अन्तिरिम आदेश दिएपछि प्रमुख शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गराएको हो । 


प्रमुख शाहविरूद्धको मुद्दामा सोमवारनै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ भएको छ ।


काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex