काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रका व्यापरिक कम्पलेक्समा अनाधिकृत पसल, संरचना हटाउन सुरु गरेको छ ।
सोमवार महानगरले अनुुगमनको क्रममा विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।
त्यसैगरी, न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।
अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।
महानगरको टोली बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।
यता बिरा कम्प्लेक्स र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको छ ।
कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन गएको महानगरको टोली र कम्प्लेक्स सञ्चालकबीच भएको छलफलमा बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति भएको हो ।
महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो ।
Categorized in बजार