५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

न्यूरोडका यी क्षेत्रमा अबदेखि एकलाईन पार्किङ


प्रकाशित: आईतवार, १२ भाद्र २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । न्यूरोडको भूगोलपार्क क्षेत्रमा अबदेखि एकलाईन पार्किङ मात्र हुने महानरपालिकाले जनाएको छ । 


महानगरपालिकाले पार्किङलाई थप व्यवस्थित बनाउन महानगरले शुक्रबारदेखि एक लाइन पार्किङको व्यवस्था लागु गरेको हो ।


एक लाइन पार्किङको व्यवस्था भएपनि मापदण्ड विपरित पार्किङ हुँदै आएकोले सोलाई कडाइका साथ लागु गरिएको महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले बताए । 


महानगरले भूगोलपार्क क्षेत्र, धर्मपथ क्षेत्र र पिपल्स प्लाजा क्षेत्रमा एक लाइन पार्किङ कडाइसाथ लागु गरेको छ ।


यस्तै पार्किङ स्थलमा दुई लाइन पार्किङ गरे कर्मचारी र सवारीधनी दुवैलाई महानगरले कारबाही गर्ने बताएको छ ।


न्युरोडको विशालबजार देखि ईन्द्रचोक सडकमा भने दुईलाइन पार्किङ देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex