४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

भ्रामक समाचारप्रति उपप्रमुख सुनिताले यसो भनिन्


प्रकाशित: आईतवार, १२ भाद्र २०७९, १५ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले आफू विरुद्ध भ्रामक समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण भएको बताएकी छिन ।


उपप्रमुख डंगोलले भनिन,‘पछिल्ला दिनमा मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियान (बेसमेन्टलाई पार्किङ् प्रयोजनमा ल्याउने) सँग मलाई जोडेर आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी सम्प्रेषण भएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।’ 


‘पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’ उनले भनिन । 


महानगरले केही दिन यता सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङ्ग प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई तिव्रता दिएको छ । 


उपप्रमुख डंगोलले आफुु काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा भएकोले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहेको बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika