काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काएको छ ।
शनिवार ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ ।
यस्तै सडकबाट नै घरमा राखेको ३ वटा र्भयाङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीका प्रमुख राजु पाण्डेले बताएका छन ।
पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।
काठमाडौं महानगरले यस किसिमका अनधिकृत घर टहार, वेसमेन्ट पार्किङ अन्य प्रयोजनको लागि प्रयोग भएको संरचना भत्काउने अभियान सुरु गरेको छ ।
Categorized in स्थानिय