काठमाडौं । दरवारमार्गस्ति नाईट क्लब डेजाभूमा अगं प्रदर्शनका लागि भारतका चर्चित अभिनेत्री पुनम पाण्डेलाई ल्याएर विश्वकप फाईनल हेर्ने फयानहरुको ईच्छा अनिश्चित भएको छ ।
प्रशासनको अनुमति नलिई विशेष प्रस्तुतिका लागि भन्दै भारतीय अभिनेत्री पाण्डेलाई बोलाई कार्यक्रम गर्न लागेको जानकारी पाएपछि प्रशसनले रोकेको जनाएको छ ।
भारतले विश्वकप क्रिकेट जितेमा निर्वस्त्र हुन्छु भनेर चर्चामा आएकी अभिनेत्री पाण्डे अंगप्रदर्शनको विषयलाई विवादित छिन् ।
यता, सो क्लवका सञ्चालक केपी गैरेले शनिबार एक पत्रकार सम्मेलनमा कार्यक्रमका लागि अनुमति लिइएको दावी गरेका छन् ।
सो नाईट क्लामा यस अघि ७ महिनाअघि चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलो ल्याउने भन्दै करोडौं रूपैयाँ उठाएर अन्तिम समयमा मार्समेलोलाई ल्याउन नसकेपछि लफडा भएको थियो ।
Categorized in मनोरन्जन