२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवाको १९ औं साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)


प्रकाशित: बुधवार, ८ भाद्र २०७९, १९ः५० बजे 
- अजय खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानोबसपार्क बागबजारको १९ औं बार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । 


बुधवार काठमाडौं महानगरपालिका २८ वडा भवनमा आयोजित कार्यक्रममा वडा अध्यक्ष भाईराम खड्गीले बार्षिक साधारणसभा तथा तीज कार्यक्रमको शुुभकामना दिँदै सेवा केन्द्रसँग सहयकार्य गरेर अघि बढ्न बताएका छन ।

 


त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि काठमाडौ उपत्यका प्रहरी कार्यलय रानीपोखरीका सामुदायिक शाखाको प्रमुख प्रहरी नायब उपरिक्षक रविराज थपिलियाले यस सेवा केन्द्रले गरेको कार्यहरुको प्रशंसा गरेका छन । उनले सामुदाय र प्रहरी एक सिक्कका दुुई पाटा भएको बताउँदै दुवै महत्व र आवश्यक्ताको बारे चचो गरेका थिए । 

 


कार्यक्रममा सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्धिन मियाँले साधारणसभाको सफलता र तीज कार्यक्रम शुुभकामना व्यक्त गरेका थिए ।

 

 

सेवा केन्द्रका उपाध्यक्ष ध्रुव खड्गीले कार्यक्रममा सहभागीहरुलाई विशेष स्वागत मन्तव्य दिएका थिए । उनले तीजका महत्व र लैंगिक हिसांबारे चर्चा गरेका थिए ।

 

 

 
कार्यक्रममा सेवा केन्द्रका बार्षिक कार्यक्रम, आर्थिक प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । 

 


सो अवसरमा सेवा केन्द्रका महासचिव कमरुद्धिन मियाँले सेवा केन्द्रले कोभिड १९ विरुद्धको जनचेतना अभियानमा विशेष कार्य गरेको, लागुऔषध विरुद्धको जनचेतना कार्यक्रम, रक्तदान लगायतका गतिविधिहरु संचालन गरेको बताए ।


उनले सेवा केन्द्रले आगामी दिनमा बागबजारका फुटपाथमा हरियाली प्रवद्र्धनका लागि बृक्षारोपण, लैगिंक हिंसाविरुद्धका गतिविधिहरु संचालन गर्ने, फुटपाथ, अव्यवस्थित पार्किङ लगायतका क्षेत्रमा सेवा केन्द्रले अभियान सञ्चालन गर्ने जानकारी दिए । 


त्यसैगरी कोषाध्यक्ष निमित्ता शाक्य प्रधानले आर्थिक बर्ष २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 


त्यसैगरी कार्यक्रममा सेवा केन्द्रका सल्लाहकार बेदबहादुर कार्की, कम्याक स्कुलका प्रिन्सिपल, शारदा एकेडेमीका प्रिन्सिपल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

 

 


कार्यक्रममा उपस्थित अतिथिहरुलाई सेवा केन्द्रका सक्रिय सदस्यहरु आशा महर्जन र शारदा कार्कीले खादा ओढाई सम्मान सत्कार गरेका थिए ।

 

 


सेवा केन्द्रका कार्यबहाक अध्यक्ष मिना साहले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै बार्षिक साधारणसभा सम्पन्न भएको घोषणा गर्दै सो पछि तीज कार्यक्रममा सहभागी हुन अनुरोध गरेका थिए । 
कार्यक्रममा उल्लेखिय रुपमा महिलाहरु सहभागी भएका थिए । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex