२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुर नगरवासीलाई स्वास्थ्य र शिक्षामा छुट  


प्रकाशित: सोमवार, ६ भाद्र २०७९, १९ः४० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । कीर्तिपुरमा एक घर–एक स्नातक कर्यक्रमअन्तर्गत कीर्तिपुरका सामुदायिक कलेजमा स्नातक तह अध्ययनमा शतप्रतिशत छुट र कीर्तिपुर अस्पतालमा स्वास्थ्य उपचारमा पचास प्रतिशत छुट सेवा लागू हुने भएको छ । 


कीर्तिपुर नगरपालिकामा आईतवार भाद्र ५ गते भएको सहमतिअनुसार कीर्तिपुरका स्थायी बासिन्दाहरु उक्त सेवा, सुविधा लागू गरिने भएको हो । कीर्तिपुर नगरपालिकाद्वारा स्थायी बासिन्दालाई स्नातक तह अध्ययनका लागि निःशुल्क सेवा, सुविधा उपलब्ध गराउन तीनवटा सामुदायिक कलेजहरु मंगल बहुमुखी क्याम्पस, सहीद स्मारक कलेज र जनाधार क्याम्पससंग सहमति गरेको छ भने उपचार सेवामा पचास प्रतिशत छुट सेवाका लागि फेक्ट नेपालबाट संचालित कीर्तिपुर अस्पतालसंग हिजो आईतवार एक समारोहका बीच सहमति–पत्रमा हस्ताक्षर गरेको हो । 


स्नातक तह अध्ययनमा मानविकी, शिक्षा र ब्यवस्थापन संकाय अध्ययन गर्ने कीर्तिपुरका स्थायी बासिन्दा छात्र–छात्राहरुलाई चालु शैक्षिक वर्षदेखि ६० प्रतिशत नगरपालिकाबाट र ४० प्रतिशत कलेजबाट खर्च ब्यहोर्ने सहमतिमा उल्लेख छ । 


त्यस्तै स्वास्थ्य उपचारमा यसअघि कीर्तिपुरबासी नागरिकलाई नागरिकताका आधारमा १५ प्रतिशत छुट र स्वास्थ्य बिमा सुविधा दिंदै आएकोमा यो वर्षदेखि छिटपुटबाहेक सबै सेवामा पचास प्रतिशक छुट दिने सहमति–पतिमा उल्लेख गरिएको छ । 


कलेज र अस्पतालसंग भएको सहमति–पत्रमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र फेक्ट नेपालका कार्यवाहक अध्यक्ष डा। भरतकुमार प्रधानले हस्ताक्षर गर्नुभएको हो । 


नगरपालिका कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा नगरका सल्लाहकारहरु, उपमेयर शुभलक्ष्मी शाक्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, शिक्षा शाखा प्रमुख, टंक गैरे, स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरलगायत विभिन्न समितिका सदस्यहरु, जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex