काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरिको आईतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।
गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।
शनिवार राती गिरिको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
Categorized in समाज