६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्व.गिरिको आज पशुपतिमा अन्तेष्टी गरिने, प्रधानमन्त्री देउवा गिरिको निधनले स्तब्ध


प्रकाशित: आईतवार, ५ साउन २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरिरको आज पशुपतिमा अन्तेष्टी गरिने भएको छ । 


मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ ।


पार्टी कार्यलयको श्रद्धाञ्जलीपछि गिरिको पार्थिव शरिर दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको शनिबार राति उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । 


गिरिको निधनले आफू स्तब्ध भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन । 

 


प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन- नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । 


उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालल, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले शोक व्यक्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex