कठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो बसपार्क बागबजारले सिंहदवार प्रहरी बृत अनामनगरबाट सुरुवा भएका डिएसपी भरत श्रेष्ठलाई विदाई गरेको छ ।
विहिवार सेवा केन्द्रले विदाई कार्यक्रमको आयोजना गरी श्रेष्ठलाई विदाई गरेको हो ।
सो अवसरमा सेवा केन्द्रका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष मिना साहले मायाको चिनो उपहार दिएका थिए ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी श्रेष्ठको कार्यकालमा सेवा केन्द्रलाई सहयोग गरेको स्मरण गर्दै धन्यवाद ज्ञापन गरेकी थिईन ।
त्यसैगरी सेवा केन्द्रका उपाध्यक्ष धु्रव खड्गीले पनि सामुदायिक सेवामा सरुवा भई गएका डिएसपी श्रेष्ठले कोरोना कालमा भए गरेका सहयोगको चर्चा गर्दै कार्यक्रमलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सेवा केन्द्रका प्रमुख सल्लाहकार मोहम्मद निजामुद्दिन मियाँले डिएसपी श्रेष्ठको व्यक्तिगत आचारण, कार्यशैली, प्रतिवद्धता र सेवा केन्द्रप्रतिको सक्रियाताको चर्चा र प्रशंसा गरेका थिए ।
संस्थाको कोषाध्यक्ष निमित्ता प्रधान शाक्य र उपाध्यक्ष रमा थापाले डयासमा उपस्थित अथिति, प्रमुख अथितिहरुलाई खादा ओढाइ दिएका थिए भने कार्यक्रम केन्द्रका महासचिव कमरुद्धिन मियाँले संचालन गरेका थिए ।
सो अवसरमा संस्थाका सदस्य आशा महर्जनले पनि डिएसपी श्रेष्ठलाई मायाँको चिनो उपहार दिएका थिए । कार्यक्रमलाई संस्थाका सल्लाहकार देवबहादुर कार्कीले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रमा सई देवहादुर कार्की, प्रहरी हवल्दार हर्कराज जोशी लगायतका उपस्थिती रहेको थियो ।
Categorized in समाज