काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन ।
आईतवार विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले साँझ प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
केही समय अघि प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन ।
राष्ट्रपतिले गरेको सो विधेयक फिर्तालाई नेकपा एमाले स्वागत गरेका छन ।
जनताको भावना अनुसार राष्ट्रपतिले गरेकोमा एमाले स्वागत गरेको एमाले सचेतक विशाल भट्टराईले बताएका छन ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १५ बुँदे सन्देशसहित आइतबार बेलुकी प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् ।
Categorized in राष्ट्रिय