कठमाडौं । सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका युवकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
बेपत्ता युवकलाई खोज्न प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो ।
सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए ।
घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो ।
Categorized in समाज