कठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, पुरानो बसपार्कले हरितालिका तीज मनाउने भएको छ ।
भाद्र ८ गते बुधवार एक भव्य कार्यक्रम गरी मनाउने तयारी गरेको सामुदायिकका महासचिव कमरुद्धिन मियाँले जानकारी दिए ।
महासचिव मियाँका अनुसार सो दिन पहिलो चरणमा दिउँसो १ बजे संस्थाको बार्षिक साधारणसभाको आयोजना हुने र संस्थालाई सहयोग गर्ने केही व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
साधारणसभा सम्पन्नपछि तीज विविध कार्यक्रमका साथ मनाईने भएको मियाँले बताए । तीज विशेष कार्यक्रममा करिब २०० जना सहभागी हुने अनुमान गरिएको छ ।
सो कार्यक्रममा बागबजार महिला समूूह, स्थानीय क्लव, संघ, संस्थाहरुको सहभागिता हुने बताईएको छ ।
सामुदायिकले यस अघि पनि तीज कार्यक्रमहरुको आयोजना गरेको थियो ।
Categorized in समाज