५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

आकासेपुल वा जेब्रा क्रसिङबाट बाटो नकाटे प्रशिक्षण लिनु पर्ने


प्रकाशित: आईतबार, ३१ असार २०७५, ११ः२९ बजे
- महानगरखबर

काठमाडौं । सर्वसाधरणहरुले आकासे पुल तथा जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी बाटो प्रयोग गरेपछि महानगरिय ट्राफिक महाशाखाले सर्वसाधरणलाई प्रशिक्षण दिने भएको छ ।

 
महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको जनाएको छ । विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने भएको हो ।

 
महाशाखाका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex