१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

परोपकारमा आधुनिक शौचालयको उद्घाटन


प्रकाशित: शनिवार, २१ साउन २०७९, २०ः४२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २० स्थित परोपकारमा आधुनिक शौचालयको उद्घाटन गरिएको छ ।


वडा अध्यक्ष अध्यक्ष राजेन्द्र मानन्धरले एक कार्यक्रमविच सो शौचालयको उद्घाटन गरेको  एरोशानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।


एरोसान सस्टेनेवल स्यानिटेशनको सहयोगमा परोपकारमा रहेको २५ वर्ष पुरानो तथा जिर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती  गरी अपाङ्गमैत्री, वातावरण मैत्री, महिला मैत्रीको रुपमा पुनः निर्माण गरी प्रयोगकर्ताहरुलाई पर्याप्त सेवा सुविधा दिन शौचालय निर्माण गरिएको हो । 

 


सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरेका छन । शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा प्रमुख शाहले विशेष चाँसो देखाउँदै शौचालय व्यवस्थित भएको र काठमाडौं महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्नुपर्ने धारणा राखे । 


प्रमुख शाहले शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।


एरोशानका कार्यकारी प्रमुख अमात्यले भने,‘एरोसानद्वारा निर्मित तथा संचालित शौचालयमा दैनिक १००० लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ भने मानव मलमुत्रलाई शौचालयमै व्यवस्थापन गरि वायोग्याँस उत्पादन गर्न १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै निर्माण गरि वातावरण मैत्री बनाउन अहम भुमिका खेलेको छ ।’


सो कार्यक्रममा महानगर प्रवक्ता नविन मानन्धर तथा वडा नं. १७ अध्यक्ष र कामपा १५ वडा अध्यक्ष ईश्वर मान डंगोल, वातावरण विभाग प्रमुख सरिता राई लगायतको सहभागिता रहेको थियो ।


एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरि जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याईसकेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex