१४ भाद्र २०८३, आइतबार
Header

खड्गी सेवा समिति बौद्धजोरपाटीको १६ औ बार्षिकोत्सव हुने


प्रकाशित: २०७४ चैत्र १४ गते १२ः१४ बजे
- अजय खड्गी

काठमाडौं । नेपाल खड्गी सेवा समिति बौद्धजोरपाटी शाखाको १६ औं बार्षिकोत्सव तथा ५औं अधिवेशन भव्यताका साथ सम्पन हुने भएको छ ।
समिति अध्यक्ष देवनाराण खड्गीले गोकर्णस्थित शहिद पार्कमा यही २० गते विहिवारका दिने २ बजेबाट औपचारिक रुपमा सुरु हुने सो कार्यक्रममा उपस्थितीका लागि समितिका साधारण सदस्यहरु, शाखाका पदाधिकारीहरु, महिला समिति, युवा संगठनलाई विशेष सहभागितका लागि आग्रह गर्नुका साथै सदस्यता नविकरण गर्न समेत आग्रह गर्नु भएको छ । 
बार्षिकोत्सवसँगै हुन गईरहेको अधिवेशनले समितिका लागि नयाँ कार्यसमिति चयन गरिने भएकोले समितिका लागि समय दिने, क्रियाशिल सदस्यहरुलाई समितिमा बस्नको अध्यक्ष खड्गीले अनुरोध समेत गर्नु भएको छ ।
काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईको प्रमुख आथित्यमा हुन गईरहेको यस कार्यक्रममा विभिन्न व्यक्तित्हरुको विशेष उपस्थिती हुने भएको छ । 
सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न समितिका सचिव सुरेन्द्र खड्गीलाई संयोजक चयन गरिएको छ भने कार्यक्रमको व्यापक प्रचार प्रसार गर्न खड्गी युवा तथा विद्यार्थी संगठन बौद्धजोरपाटी शाखाका अध्यक्ष रिकेश खड्गीको संयोजक्त्वमा ३ सदस्य उपसमिति समेत चयन गरिएको छ ।   
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex