काठमाडौं । एक सातामा यता दुुई पटक काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौमा धक्का महसुस गरिएको छ ।
केन्द्रबिन्दु काठमाडौं नजिकैको जिल्ला भएकोले पनि धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाठौं लगायत आसपासको जिल्लामा समेत धक्का महसुस गरिएको छ ।
यसअघि साउन १५ गते बिहान ८ बजेर १३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । यसको कम्पन्न त्यसबेला पनि काठमाडौंमा धक्का महसुुस गरिएको थियो ।
काठमाडौं भूकम्पको जोखिम भएको क्षेत्र हो । वि.स. २०७२ साल बैशाख १२ गते शनिवार आएको विनासकारी भूकम्पले काठमाडौंमा ठुलो क्ष्क्षति पुराएको थियो ।
अहिले पनि उक्त भूककम्पको पराकम्पनहरु बेला बेलामा आई रहेको छ तर पछिल्लो समय भने लगातार भूकम्प आईरहँदा सर्वसाधरणमा त्रास बढेको छ ।
Categorized in राष्ट्रिय