काठमाडौं । ठमेलमा विभिन्न पोलमा झुण्डिएको तारहरु व्यवस्थापन गरिने भएको छ ।
प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थित रूपमा रहेका तार हटाइने ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवालाले निणर्य गरेको छ ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउनका लागि ठमेलभित्र देखिएका समस्या समाधानका लागि परिषद्ले काम गर्दै आएको राससलाई बताएका छन ।
ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका अनावश्यक तार हटाई व्यवस्थित गर्ने सम्बन्धमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।
समितिमा परिषद्को तर्फबाट उपाध्यक्ष सहदेव धमला, केवल टिभीका तर्फबाट सुधीर पराजुली, आइस्पानका तर्फबाट सुवास खड्का, नेपाल टेलिकमको तर्फबाट सरिता महर्जन र सुनिल कणर्, नेपाल विद्युत् प्राधिकरणको तर्फबाट दीपेन्द्र बुढाथोकी र एनसेलको तर्फबाट विनायक बुढाथोकी रहेका छन् ।
यतिखेर काठमाडौं विभिन्न स्थानमा झुण्डिएको तारले काठमाडौ सहर कुरुप बनाएको छ ।
तस्वीरः फाईल
Categorized in समाज