१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

चितवन नेवाः पत्रकार दबूको अध्यक्षमा जोशी निर्वाचित


प्रकाशित: सोमवार, १६ साउन २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित हुनुभएको छ। शनिबार भरतपुरमा भएको छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।


शनिबार भएको अधिवेशनले जोशीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सृजना ताम्राकार, सचिबमा सुनिल कुमार श्रेष्ठ, सहसचिवमा विनिता श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ। यस्तै सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, मनिषा श्रेष्ठ र निरुता श्रेष्ठ चयन भएका छन । निर्वाचन कमिटिका संयोजक पत्रकार दबुया संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन र पत्रकार दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले निर्वाचित हुनु भएका पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा अबिर लगाइदिनु भइको थियो।


अध्यक्ष जोशीले आफ्नो नेतृत्वमा दबुलाई अझै उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै दबुको नयाँ नेतृत्वले निवर्तमान अध्यक्ष कमलमान श्रेष्ठलाई सफल कार्याकाल सम्पन्न गरेको भन्दै सम्मान गरेको छ ।


चिकित्सक र पत्रकारलाई सम्मान


नेवाः पत्रकार राष्ट्रिय दब् चितवन शाखाको छैठौ साधरण सभा तथा तेस्रो अधिवेसनबाट चिकित्सक र पत्रकारलाई सम्मान गरिएको छ । छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि पत्रकार दबुका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा डा अर्जुन श्रेष्ठ,वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा बरुण श्रेष्ठ, वरिष्ठ क्यान्सर सर्जन प्रा डा भक्तमान श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक डा। सुर्यज्योती श्रेष्ठलाई सम्मान गर्नु भएको थियो।


यस्तै पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याइरहेका तीनजना वरिष्ठ पत्रकारलाई पनि सम्मान गरिएको छ । पत्रकार दबु चितवनका संस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, वरिष्ठ स्वास्थ्य पत्रकार एवंम पत्रकार दबुका केन्द्रीय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex