काठमाडौं । आज साँझ बागबजारमा सरकारविरुद्ध मसाल जुलुुस प्रदर्शन गरिएको छ ।
मसाल जुुलुसमा अमेरिकी साम्राज्यवाद मुर्दावाज, भ्रष्टाचार कालोबजारी अन्त्य गर, एमसीसी खारेज गर लगायतका नारावाजी गर्दै बागबजारको पुरानो बसपार्कबाट प्रदर्शन गरिएको थियो ।
जुलुस नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावाद भन्दै पुतलीसडक हुँदै मसाल जुलुस अघि बढेको थियो ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in समाज