२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ऐतिहासिक सम्पदा वंघ इन्द्रचोक र  वंघःदबूको उद्घाटन


प्रकाशित: शनिवार, १४ साउन २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ऐतिहासिक सम्पदा वंघ इन्द्रचोक र  वंघःदबूको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठ उद्घाटन गरे । 


सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटकीयस्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।


साथै सहरमा थुप्रिएको फोहोरको चर्चा गर्दै फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको मन्त्री श्रेष्ठले दाबी गरेका छन् ।


शनिवार काठमाण्डौं महानगरपालिका वडा नं २४ मा रहेको सो सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएपछि एक कार्यक्रम विच मन्त्री श्रेष्ठले उद्घाटन गरेको हो । 


सम्पदा पुनर्निर्माण लागि बागमती प्रदेश सभा सदस्य बिराज भक्त श्रेष्ठले पहल गरेका थिए । 


‘काठमाण्डौंको मुटुमा रहेको ईन्द्रचोक क्षेत्रमा निर्माण कार्य सम्पन्न गर्दा हामीले विभिन्न चुनौतीहरुको सामना गर्नु पर्यो ।’ प्रदेश सभा सदस्य श्रेष्ठले भने,  यस क्रममा हामीलाई साथ, सहयोग एवम् समन्वय गर्नु हुने आम नागरिकहरु, स्थानिय व्यक्तिहरु, पत्रकार साथीहरु, संयमसेवक ज्यूहरु, विभिन्न संघसंस्थाहरु, प्रहरी कर्मचारी ज्यूहरु, ट्राफिक प्रहरी कर्मचारी ज्यूहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । दिन रात नभनी पुनर्निर्माणको लागि खटिनु हुने समितिका सबै साथीहरु प्रति हामी धन्य छौं ।’


सो अवसररमा मन्त्री श्रेष्ठले पुननिर्माणमा सहयोग गर्ने विभिन्न संघ, संस्था, व्यक्तिहरुलाई सम्मान गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex