काठमाडौं । काठमाडौं महानगरपालिको टुकुचा क्षेत्रका अतिक्रमित संरचना हटाउन एक सुचना जारी गरेको छ ।
महानगरले वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हल सम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान ३५ दिने सुचना जारी गरेको छ ।
सो अवधिभर घरधनी आफैंले संरचना नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।
महानगर शहरी विभाग प्रमुख सुरज शाक्यका अनुसार उक्त क्षेत्रमा ३ वटा पक्की घर र फ५-७ वटा टहरा निर्माण भएका छन् ।
काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनुहुन अनुरोध गरिएको छ ।’
Categorized in स्थानिय