काठमाडौ । काठमाडौं महानगरपालिले कामपा १६ वडा खुसिबुस्थित नयाँ बजारमा ¥यापर यमबुद्धको नाममा पार्क बनाउने भएको छ ।
साढे एक करोड खर्च गरेर नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउन लागेको हो । नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको छ ।
विभिन्न सञ्चारमाध्यममा यस विषयमा महानगर प्रवक्ता नविन मानन्धरलाई उधृत गर्दै समाचार आएपछि प्रवक्ता मान्धनरसँग महानगखरबरका प्रतिनिधिले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यसअघि यमबुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको समाचार आएपछि सो विषय विवाद बनेको थिए ।
विवादपछि महानगर प्रमुख बालेन्द्र शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए ।
Categorized in समाज