काठमाडौं । काठमाडौं महानगरपालिकाले शहर सफा राख्न ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ ।
महानगरले चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको हो ।
काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने बजेटमा उल्लेख छ । वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
एकसाता देखि काठमाडौंमा थुुप्रिएको फोहर भोलि (विहिवार) देखि उठाईने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले एक विज्ञप्ती जारी गरी साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भए अनुसार विहान ६ बजेदेखि फोहोर उठाईने भएको बताए ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।
Categorized in स्थानिय