काठमाडौं । रानीपोखरी नजिकै सेतो मच्छिन्द्रनाथ रथ तान्ने सडकमा बनेको कंक्रिटको संरचनाको माथिल्लो भाग काटिएको छ ।
बुधवार काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीको रोहवरमा जनप्रतिनिधि, सम्पदा अभियान्ताहरुको उपस्थितीमा सो भाग काटिएको हो ।
सो संरचना स्थानीय वडा वा अन्य सम्बिन्धत निकायलाई कुनै जानकारी नदिई निर्माण गरेपछि सो विरुद्ध स्थानीय जनता लगायत अभियान्ताहरु विरोधमा उत्रेका थिए ।

जमलस्थित तीनधारा पाठशालाबाट तानिने रथ घण्टाघर हुँदै रानीपोखरीको पल नजिकैबाट बाट जनवाहः (सेतो मच्छिन्द्रनाथको रथ) तानिने परम्परा छ ।
यस कंक्रिटको स्टयाण्डमा झण्डा वा अग्लो बत्ती राख्ने गरी पोल राख्न लागिएको अनुमान गरिएको छ ।
अहिले सो संरचनाको माथिल्लो भाग काटिएका छ भने पिलर भत्काउन बाँकी नै रहेको छ ।
Categorized in सम्पदा/संस्कृति