१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गथांमुुगःको अवसरमा कीर्तिपुरमा पौडी प्रतियोगिता, यजु महर्जन प्रथम


प्रकाशित: मंगलवार, १० साउन २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । गथांमुुगः पर्वको अवसरमा कीर्तिपुरमा आज पौडी प्रतियोगिता सम्पन्न भएको छ । 


परम्परालाई पुनर्जागरण गर्ने उद्देश्यका साथ भएको सो प्रतियोगितमा यजु महर्जन प्रथम, शीर्षक श्रेष्ठ द्वितीय र हरि (उदेश) महर्जन तृतीय भएका छन ।

 

सो प्रतियोगी १५ जना सहभागी थिए । प्रतियोगितमा अनिल श्रेष्ठ, जेकेन मानन्धर, उमेश श्रेष्ठ,  नवीन महर्जन, सुरोज महर्जन, नवीन महर्जन,निश्चल श्रेष्ठ, अनुज महर्जन, प्रजेन महर्जन, प्रकाश महर्जन, दिजेन माली, जोन महर्जनले भाग लिएका थिए । 


कीर्तिपुर नगरपालिका वडास्थित खाःसिबजारको भिं पुखूमा उक्त प्रतियोगिता गरिएको थियो । परापूर्वकालदेखि साउन कृष्ण पक्ष चतुर्दशीमा लिन मनाईने गथांम्वः पर्वमा टोल, चोकबाट गथांम्वः विसर्जन गरिसकेपछि पोखरी पौडी खेलेर चोख्याएर घर जाने चलन रहिआएको छ । 


करिब तीन दशकदेखि यो चलन लनेप भएकोमा हाल नगरपालिकाले खाःसिबजारका तीनवटा मुख्य पोखरीहरूमध्ये दुईवटा पुननिर्माण गरिसकेपछि स्थानीय युवाहरूको सक्रियता र ३ वडा क्यालयको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । 


मभिं पुखू भने निर्माणाधीन अवस्थामा छ ।


स्रोतः विरेन्द्र शाक्य, पत्रकार 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex