२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्लाष्टिक झोला मुक्त अभियानमा काठमाडौं, भाद्र १ गतेदेखि झोला प्रतिबन्ध


प्रकाशित: मंगलवार, १० साउन २०७९, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले भाद्र १ गतेबाट प्लाष्टिकको झोलामा कडाई गर्ने नीति लिएको छ । 


४० माईक्रोभन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिवन्ध लगाउने बारे बातावरण विभागले एक सुचना जारी गरेको छ । 


प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको उल्लेख गरेको छ ।


सरकारले प्लाष्टिक झोला प्रयोगमा कडा अनुुगमन र कारवाही गर्ने गरी सो सुचना जारी गरेको हो । प्रतिबन्धित झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिएने चेतावनी विभागको छ ।


सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको थियो भने माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । 


तर सो निर्णय भने कार्यन्वयन हुन नसेपछि सरकारले अबदेखि त्यस किसिमको झोला प्रतिबन्ध गर्न कडा रुपमा प्रस्तुत हुने भएको छ ।

 


काठमाडौंमा केही दिन अघि काठमाडौं कोरसिटीका स्थानीयहरुले काठमाडौंलाई प्लाष्टिक झोला मुक्त बनाउने अभियान अन्तर्गत जनचेतना जगाउने अभियान सुरु गरेकको छ ।


उनीहरुले अहिले प्लाष्टिकको झोला प्रयोग गर्नेहरुलाई रु २० मै कपडाको झोला दिएर प्लाष्टिक झोला किन प्रयोग गर्नु हुँदैन भनेर चेतना फैलाउने कार्य गरेको अभियानका किरण श्रेष्ठले बताउँदै आएको छ । 


तस्वीरहरुः अजितमान सिंह डंगोल /FB
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex