काठमाडौं । तीनकुनेमा प्रहरीले चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापामा मारेर ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ ।
एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेको प्रहरीले बताएका छन । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।
Categorized in प्रबिधि