काठमाडौं । अन्तर्राष्ट्रिय रुपमै यौन र जीवन दर्शनबारे प्रवचन दिई ख्याती कमाएका ओशो रजनीशको जीवनमा आधारित फिल्म बन्ने चर्चासँगै बलिउडका पर्फेक्टिनिस्ट आमिर खानको नाम मिडियामा आउन थालेको छ ।
निर्देशक सकुन बात्राले ओशो वेवसिरिजको लागि स्क्रिप्ट तयार पारिसकको बताएको छ । आमिर खानले सो स्क्रिप्टमा इन्टरेस्ट देखाएपछि अमिर अहिले ओशोको लुक्समा आफु कस्तो देखिन्छ भनेर ट्राई गरिरहेको भारतीय मिडियमा खबर आईरहेको छ ।
त्यसैगरी ओशोको सक्रेटरी आनन्द सिलाको रुपमा बलिउड नायिका आलिया भट्टलाई ल्याउने तयारी गरिरहेको छ । यस बिषयमा आलियाले केही बताएकी छैनन् ।
आचार्य रजनीशको अहिले पनि भारत लगायत कयौ देशमा लाखौ भक्तहरु रहेका छन् ।
Categorized in मनोरन्जन