१ भाद्र २०८३, सोमबार
Header

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु, १२ जना घाईते


प्रकाशित: आईतवार, ८ साउन २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतवार भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई थिच्दा ३ जनाको मृत्यु भएको छ । 


काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले च्यापेपछि घाईते उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 


सो दुर्घट्नामा परि १२ जना घाइते भएका छन र उनीहरको भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।


मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।


घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex