२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

खड्गी समुदायको ३२ गुठी र नायः खिँ बाजा खलःले महानगरलाई बुझायो ६ बुँदे ज्ञापन पत्र 


प्रकाशित: शुक्रवार, ६ साउन २०७९, २१ः०० बजे
- अजय खड्गी

काठमाडौँ । नेपाल खड्गी सेवा समितिले काठमाडौं महानगरपालिकामा गुठी र बाजा खलको अनुुदानको विषयमा ज्ञापन पत्र बुझाएको छ । 


शुक्रवार सेवा समितिका अध्यक्ष अन्जिता खड्गीको नेतृत्व र बाजा खलका थकाली र गुरुहरुको उपस्थितीमा ज्ञापन पत्र बुुझाएको महानगरपालिकाले जनाएको छ । 


खड्गी समुदायको ३२ गुठी र नायः खिँ बाजा खलः को अनुदान रकम कटौती गरेको विषयमा ध्यानाकर्षण गराउन र सो सेवा सुविधा उपलव्ध गराउनु पर्ने माग राख्दै ६ बुँदे ज्ञापन पत्र बुुझाएको हो । 


ज्ञापनपत्र बुुझेपछि प्रमुख बालेन्द्र शाह (बालेन) ले धार्मिक तथा सांस्कृतिक समुदायलाई जातका आधारमा भेदभाव नगरिने बताउँदै भने,‘बाजागाजा, भाषा, संस्कृति र्सम्पदा बचाउने नीतिअन्तर्गत हामी काम गरिरहेका छौ ।’


बाजागाजा, कला र कलाकार बचाउन आफ्नो सधै प्रयास भईरहेने बताए । उनले जात्रा, पर्व तथा सामाजिक गतिविधिका लागि दिइने अनुदान लागि हामी प्रणाली बनाउने बताए । 


सो अवसरमा उपप्रमुख सुनिता डंगोलले नेवार समुदायभित्रको सांस्कृतिक विविधता काठमाडौँको सौन्दर्य हो । पहिचान हो । यसलाई जोगाउन महानगरले सबै गुठी गहनालाई समान व्यवहार गर्ने बताईन । 


गएको बर्ष विविध कारणले गुठीहरुले प्राप्त गर्न नसकेको सहयोग महानगरले आर्थिक बर्ष २०७९÷०८० मा उपलब्ध गराईने महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बताए । 


सो अवसरमा सेवा  समितिका संरक्षक मनोज नेवाः खड्गी लगायत समुदायका मानिसहरुको व्यापक उपस्थिती रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex