५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा घर प्लेट नम्बर दस्तुर रकमको विरोधपछि तत्काल स्थगित


प्रकाशित: शुक्रवार, ६ साउन २०७९, १४ः५० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले घर प्लेट रकम तोकेको दस्तुरको चर्को विरोध भएपछि हाललाई सो स्थगित गरिएको छ । 


महानगरले घर प्लेटको रकम एक हजार रुपिया घर सम्पती कर बुुझाउने बेला तिर्न भनेर सुचना जारी गरेपछि सोको चर्को विरोध भएको थियो । 


समाजिक सञ्जलमा दस्तुर रकमको चर्को विरोध भएको देखिन्थ्यो । सो विरोध बढ्न थालेपछि महानगरले फेरि सुचना जारी हाललाई सो स्थगित गरिएको बताएको छ ।

 

 


सो रकमबारे पुनारोवलकन हुने भएकोले अर्को अर्को निर्णय नभएसम्मका लागि घर प्लेट नम्बर बापतको शुल्क रु १०००/ - लिने विषय तत्कालको लागि  स्थगित स्थगित गरिएको भनी सुचना जारी गरेको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex