काठमाडौं । गृहमन्त्रालयले विदाको दिन चल्ने चल्ने झण्डावाल सरकारी सवारीसाधानलाई अवरोध नगर्न निर्देश दिएको छ ।
मन्त्रालयले सो निर्देशन कार्यन्वयन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ ।
केही दिन अघि भूमि सुधार मन्त्री शशी श्रेष्ठलाई धरानको भानुचोकमा स्थानीयले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै अवरोध गरेको थियो ।
मन्त्रालयका अनुसार अहिले विभिन्न स्थानमा सामाजिक अभियन्ता बताउने तथा युट्युबरहरुले सरकारी विदाका दिन सार्वजनिक सवारी चलाउँदा चाबी खोसेर हैरानी दिएको सूचना आएको छ ।
Categorized in राष्ट्रिय